गुगललाई पन्छाउँदै टिकटक बन्यो सबैभन्दा लोकप्रिय कम्पनी
शनिबार, १० पुस २०७८, १४ : ४८
यो वर्ष सन् २०२१ मा चिनियाँ भिडियो सेयरिङ प्लेटफर्म टिकटक सबैभन्दा लोकप्रिय प्रविधि कम्पनी बनेको छ । अमेरिकी सर्च इञ्जिन गुगललाई पछि पार्दै टिकटक सबैभन्दा लोकप्रिय कम्पनी बनेको हो । गत वर्ष सन् २०२० मा टिकटक दोस्रो स्थानमा थियो ।
टिकटकले यसअघि नै अमेरिकी कम्पनीहरू फेसबुक, माइक्रोसफ्ट र एप्पललाई पछाडि पारिसकेको छ । क्लाउडफेयरले सार्वजनिक गरको रिपोर्टअनुसार टिकटकले आफूलाई छोटो अवधिमै विश्वकै सबैभन्दा लोकप्रिय प्रविधि कम्पनीमा उभ्याएको हो ।
योसँगै गुगल दोस्रो स्थानमा आइपुगेको छ । गुगलपछि फेसबुक, माइक्रोसफ्ट, एप्पल कम्पनीहरू क्रमश : तेस्रो, चौथो र पाँच स्थानमा छन् । यस्तै, ई–कमर्श कम्पनी अमेजन छैठौं र नेटफ्लिक्स सातौं स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से सूचक ८ अंकले बढ्यो, सवा तीन अर्बको कारोबार
-
माधव नेपालको दस्ताबेज : माओवादीमा नीतिगत अस्थिरता, एमाले तहसनहस !
-
सरकारी खातामा ३ खर्ब १३ अर्ब नगद मौज्दात
-
वर्षाका बिच आजपाद्वारा भन्सार विभाग धर्ना
-
अल्लु अर्जुनमाथि फौजदारी मुद्दा दर्ता
-
शवदाह खरिदमा भ्रष्टाचारको आरोपपछि सुदन किरातीले बुझाए छानबिनका लागि निवेदन