युट्युबको ट्रेन्डिङमा नवलको ‘मंगलम’
शनिबार, १० पुस २०७८, १४ : ५६
नवल नेपालको निर्देशन रहेको करिव ४ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘मंगलम’ युट्युबमा पनि रुचाइएको छ । गत आइतबार सार्वजनिक यो फिल्मले युट्युबमा राम्रो प्रतिक्रिया बटुल्दै ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।
समाचार तयार गर्दासम्म फिल्मले २३ लाख बढी भिउज र ६० हजार ५२ हजार बढी लाइक्स पाएको छ । दर्शकले फिल्मको कथावस्तु र कलाकारको अभिनयलाई विशेष रुचाएका छन् । पुष्प खड्का, शिल्पा पोखरेल, साम्राज्ञी आरएल शाह, मिथिला शर्मा, नीर शाह र पृथ्वीराज प्रसाईंको पनि मुख्य भूमिका फिल्ममा छ । नारीको बिषय मुख्य कथा बनाइएको फिल्म छविराज ओझाले निर्माण गरेका हुन् ।
फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, दीपक शर्माको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
-
अपराध पीडितका लागि क्षतिपूर्ति र अन्तरिम राहत अनिवार्य माग गरिने : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण