अभिनेत्री करिश्मालाई सम्मान
काठमाडौँको ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ले विभिन्न कार्यक्रम गर्दै आफ्नो १४ औँ वार्षिक उत्सव शनिबार मनाएको छ । अग्रज अभिनेत्री करिश्मा मानन्धरलाई विशेष सम्मान गर्दै सो वार्षिक उत्सव मनाइएको हो । कार्यक्रममा रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीहरुलाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो ।
सो समारोहकी प्रमुख अतिथि करिश्मा मानन्धरले कार्यक्रममा बोल्दै पर्दामा देखिरहनु पर्ने भएकाले आफूहरूलाई सुन्दरताको महत्त्व धेरै हुने गरेको बताइन् । रश्मिलाज फेसियल हाउसलाई १४ औँ वार्षिक उत्सवको कामना गर्दै अभिनेत्री करिश्माले १०० भन्दा बढी कर्मचारीलाई रोजगार दिएर रश्मिलाज फेसियल हाउसले एउटा उद्योगको रूपमा सेवा गरेको जिकिर गरिन् ।
रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले नेपालमै केही गरौँ भन्ने उद्देश्यले १४ वर्ष अघि रश्मिलाज फेसियल हाउस स्थापना गरेको बताइन् । यसबाट सैयौंले रोजगार प्राप्त प्राप्त गर्नुका साथै आफूहरूले मासिक रूपमा हजारौँ कस्टमरलाई सौन्दर्य सम्बन्धी पूर्ण सेवा दिन सकेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
-
अपराध पीडितका लागि क्षतिपूर्ति र अन्तरिम राहत अनिवार्य माग गरिने : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण