आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
शुक्रबार, १६ पुस २०७८, १३ : ४७
नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतमा सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
उनको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको थियो । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग समेतमा विपक्षी बनाइएका आलमले धरौटीमा थुना मुक्त भएर सुनुवाइ प्रक्रियामा सामेल हुन माग गर्दै रिट निवेदन दिएका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहटबाट प्रत्यक्ष निर्वाचित यादव हाल थुनामा छन् । उनको रिट निवेदनमाथि सुनुवाइका लागि पटक पटक पेसी तोकिए पनि सुनुवाइ प्रक्रिया भने अघि बढ्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण