लिङ्देनले ४ नेतालाई कारबाही गरेपछि कमल थापाको विरोध
राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टीका ४ जिल्लास्तरीय नेतामाथि भएको कारबाहीको विरोध गरेका छन् । उनले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरिएको भन्दै विरोध गरेका हुन् ।
‘राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ। सो निर्णयप्रति खेद व्यक्त गर्दछु। पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन’, उनले ट्वीटरमा लेखेका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लामा लगायतलाई पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो । थापा महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै लगातार पार्टी नेतृत्व र निर्मल निवासप्रति कटाक्ष गर्दै आएका छन् । उनले पुस २७ गतेदेखि छुट्टै देशव्यापी अभियानसमेत सञ्चालन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण