पर्यटकीय गन्तव्य बन्दै त्रिखण्डी मन्दिर (तस्बिरहरू)
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका अवस्थित त्रिखण्डेश्वर महादेव मन्दिर पर्यटकीय रूपमा पनि महत्त्वपूर्ण मानिन्छ । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यो मकवानपुरको प्रमुख मन्दिरमध्ये एक हो ।
पछिल्लो समय यो मन्दिर आन्तरिक पर्यटकको केन्द्र बन्न थालेको छ । शनिबार वा चाडपर्व तथा बिदाका दिनहरूमा यस मन्दिरमा आन्तरिक पर्यटक तथा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।
हेटौँडाको बुद्ध चोकबाट उत्तरतर्फ ९ किलोमिटर दुरीमा पर्ने यस मन्दिर त्रिभुवन राजपथ कै छेउमा छ । बुढापाकाका अनुसार जंगबहादुर राणाका पालामा राप्ती खोलैखोला सामान लैजान बाटो बनाउँदै जाने क्रममा बाटोको बिचमा भेटिएको कालो शिला उठेको पाइएको थियो । जंगबहादुरको गुरु पुरोहितले उक्त शिला शिवलिङ्ग भएको र यसलाई व्यवस्थित रूपले रुद्राभिषेक गराएमात्र उक्त शिला यथास्थितिमा बस्ने जनाएपछि ११ जना पण्डितबाट रुद्राभिषेक गरी सो कालो शिलालाई राप्ती खोला पारीतर्फको मन्दिर रहेको स्थानमा स्थापना गरेपछि भने उक्त सडक निर्माणमा कुनै बाधा नआएको विश्वास कायम छ ।
खोलाको दुवै किनारमा विभिन्न आकृतिका महादेवका मूर्ति तथा शिवलिङ्ग र संरचनाहरू निर्माण गरिएका छन् ।
१९७० सालतिर सिद्धिलाल गोर्खाली, हर्षलाल श्रेष्ठ, डबल शंकर गोर्खाली, पण्डित शशीधर पराजुली र तत्कालीन भीमफेदी चिसापानीका बडाहाकिम लगायताले सो स्थानमा मन्दिर निर्माण गराएका थिए । मन्दिरमा हरिवोधनी एकादशीका दिनमा मेला लाग्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण