तौल कम गर्न नास्तामा के खाने ?

बिहानको खानालाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । रातिको खाना र बिहानको नास्ता पेटमा लामो समयसम्म रहन्छ । त्यसैले बिहानको खानामा शरीरलाई उर्जा दिने र स्वस्थ राख्ने खानेकुरा खान आवश्यक छ । बिहान पोषक तत्वले भरपुर खानेकुरा खाने गर्दा खाना नखाँदासम्म पेट भरी रहन्छ । जसले अनावश्यक खानेकुरा खानबाट बच्न सकिन्छ । नास्तामा स्वस्थकर र उर्जा दिने खानेकुरा खाँदा तौल पनि नियन्त्रणमा रहन्छ । तौल कम गर्न चाहाने व्यक्तिहरुले तौल नियन्त्रण गर्ने खानेकुरा खान आवश्यक छ ।
उपमा
उपमामा भरपुर मात्रामा फाइबर हुन्छ । यो पेटमा लामो समयसम्म रहन्छ । यसले राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ ।
मुंग दाल
मुंग दाल फाइबरको मुख्य स्रोत हो । यसमा फाइबरको साथसाथै प्रोटिन पनि हुन्छ । यो सबैभन्दा राम्रो नास्ता हो । यसले तौल पनि तीव्र गतिमा घटाउँछ ।
दही
बिहान नास्तामा दही मिसाउँदा शरीरलाई निकै फाइदा पुग्छ । दहीले पेटको बोसो घटाउँछ । यसमा क्याल्शियमको मात्रा पनि प्रशस्त पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
-
आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य