बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश नं १ मा २३ जनामा कोरोना सङ्क्रमण

बिहीबार, २२ पुस २०७८, २१ : १४
बिहीबार, २२ पुस २०७८

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २३ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा सात/सात, इलाम र झापामा एक/एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा सात, सुनसरीको इटहरीमा चार, धरानमा दुई र इनरुवामा एक, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा एक–एक र प्रदेश  बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।

देशमा आज चार महिलासहित १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेको मन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप