बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुद्वारा चक्काजाम
चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले चक्काजाम गरेका छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययरनत्त विद्यार्थीले कोशी राजमार्ग अन्तर्गत विराटनगरको कंचावारी सडक खण्डमा चक्काजाम गरेका हुन्।
नोवेल मेडिकल कलेजबाट र्यालीसहित निस्किएको विद्यार्थीहरुको समूहले कंचनवारी सडकमा आएर चक्काजाम गरेका थिए । विद्यार्थीले सडकमा नै चक्का जाम गरेपछि सवारी साधान रोकिन पुगेको छ। विद्यार्थीले मेडिकल सञ्चालकलाई कार्वाही गर्नुपर्ने, मेडिकल माफिया मुर्दावाद जस्ता नारा लगाउँदै सडकमा नै कोणसभा गरेका छन् ।
नोवेल मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनमा विभिन्न विद्यार्थी संगठनले पनि ऐक्यबद्धता जनाएका छन्। चिकित्सा सेवा आयोगले एमवीबीएस पढ्ने विद्यार्थीबाट अतिरिक्त शुल्क लिन नपाइने भनेपनि नोवेल मेडिकल कलेजले सो कलेजमा पढ्ने एक विद्यार्थीबाट अतिरिक्त शुल्क वापत ४ लाख बढी शुल्क माग गर्दै आएको छ। मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठामा प्रवेश समेत दिएको छैन।
विद्यार्थीहरुको प्रदर्शनपछि सवारी आवागमन रोकिन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण