बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश–१ मा ४६ जनामा कोरोना सङ्क्रमण

शुक्रबार, २३ पुस २०७८, १९ : २५
शुक्रबार, २३ पुस २०७८

प्रदेश–१मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ को एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा छ, झापामा दुई र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा दुई/दुर्ई र उर्लाबारीमा एक, सुनसरीको इटहरीमा तीन, धरान, बराह क्षेत्र र स्थानीय तह नखुलेका एक/एक, झापाको शिवसताक्षी र बिर्तामोडमा एक/एक  र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश–१ मा आज नौ महिलासहित १६ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको संख्या १६८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप