बेन्जेमाले कोशेढुंगा पार गर्दा रियललाई ८ अंकको अग्रता, बार्सा रोकियो
करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा रियल ४-१ गोलअन्तरले विजयी भएको हो ।
खेलको ४३ औँ मिनेटमा बेन्जेमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाए भने दोस्रो हाफमा भिनिसियस जुनियरले दुई गोल थप्दै रियलको अग्रता फराकिलो बनाए । खेलको ७६ औँ मिनेटमा गोन्कालो गुइडेसले प्रहार गरेको पेनाल्टीलाई थियाबट कोर्टवाले रोके पनि रिबाउन्डमा गोल गर्दै उनले टोलीका लागि एक गोल फर्काए ।
खेलको अन्त्यतिर अर्को गोल गर्दै बेन्जेमाले रियलको जीत सुनिश्चित गरे । योसँगै बेन्जेमाले रियलका लागि सबै प्रतियोगितामा ३०१ गोल गर्न सफल भएका छन् । क्लबका लागि सबैभन्दा धेरै गोल गर्नेमा उनीभन्दा अघि अब क्रिस्टियानो रोनाल्डो, राउल र अल्फ्रेडो डी स्टेफानोमात्र रहेका छन् ।

उता, ड्यानी आल्भेस ला लिगामा फर्किएको खेलमा बार्सिलोना ग्रानाडासँग बराबरीमा रोकिएको छ । १-१ को बराबरीमा रोकिएपछि बार्सिलोनाले लिगको तेस्रो स्थानमा उक्लिने अवसर गुमायो ।
लुक डि जोङले दोस्रो हाफको सुरुवातमा बार्सिलोनालाई अग्रता दिलाए पनि खेलको अन्त्यतिर एन्टोनियो पुएरटासले गोल गर्दै खेल बराबरीमा गरेका थिए । यसअघि गाभीले दोस्रो पहेँलो कार्ड खाएपछि बार्सा १० खेलाडीमा सिमति बनेको थियो । ग्रानाडा पछिल्ला सात खेलमा अपराजित रहेको छ ।
२१ खेलपछि रियलको ४९ अंक रहेको छ भने २० खेल खेलेको बार्साको ३२ अंक छ । अन्य खेलमा लेभान्तेले मायोर्कालाई र रियल सोसिडाडले सेल्टाभिगोलाई हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण