‘ओमिक्रोनले कोभिडलाई ‘प्यानडेमिक’ बाट ‘एन्डेमिक’ तिर धकेल्दैछ’
ओमिक्रोन भेरियन्टको सङ्क्रमणले कोभिडको महामारी (प्यानडेमिक) लाई मानवजाती बाँच्न सक्ने ‘एन्डेमिक’ (महामारीको अन्त्य) तर्फ धकेलिरहेको युरोपको शीर्ष औषधि नियामक निकायले जनाएको छ । यद्यपि, अहिले भने यो महामारीकै रूपमा रहेको एजेन्सीको भनाइ छ । युरोपियन मेडिसिन्स एजेन्सी (इएमए) ले आम जनतालाई चौथो बुस्टर खोप दिने रणनीतिप्रति आशंका जताएको छ । दोहोराएर बुस्टर खोप दिनु ‘दिगो’ रणनीति हुन नसक्ने एजेन्सीको भनाइ छ ।
एम्सटर्डाममा रहेको नियामक निकायको खोप रणनीतिका प्रमुख मार्को काभालेरीले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई थाहा छैन हामी यो सुरुङको अन्त्यमा कहिले पुग्छौँ, तर हामी त्यहाँ अवश्य पुग्छौँ... मानिसमा प्रतिरोधात्मक क्षमताको वृद्धिसँगै, त्यसमा पनि ओमिक्रोनले गर्दा खोपको साथै प्राकृतिक प्रतिरोधात्मक क्षमता वृद्धि भइरहेको छ । यसरी हामी तीव्र गतिमा एन्डेमिक (महामारीको अन्त्य) को नजिकतिर हामी पुग्नेछौँ ।’
तर उनले हामी अझै पनि महामारीकै चरणमा रहेको भुल्न नहुने कुरामा विशेष जोड दिएका थिए । ओमिक्रोनले स्वास्थ्य सेवा ठुलो चाप बढ्ने पनि उनले चेतावनी दिए । विश्व स्वास्थ्य संगठनले मंगलबार मात्र दुई महिनाभित्र युरोपका आधाभन्दा बढी जनसङ्ख्या ओमिक्रोनबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको थियो । संगठनले पनि कोभिडको बुस्टर डोज पटक–पटक दिनु सही रणनीति नभएको बताएको थियो जसलाई युरोपको नियामक निकायले पनि दोहोर्याएको छ । ‘यदि हामीले प्रत्येक चार महिनामा बुस्टर खोप दिन थाल्यौँ भने यसले हाम्रो प्रतिरोधात्मक क्षमतामा असर पुर्याउने छ,’ काभालेरीले भने ।
अलजजिराबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
