स्पर्समाथि चेल्सीको सहज जीत, काराबाओ कपको फाइनलमा
बिहीबार, २९ पुस २०७८, ०६ : ४३
चेल्सीले टोटनहामलाई हराउँदै काराबाओ कपको फाइनलमा स्थान बनाउन सफल भएको छ । पहिलो लेगमा २ गोलको अग्रता बनाएको चेल्सीले दोस्रो लेगमा १-० को जीत हासिल गर्दै समग्रमा ३-० ले फाइनलमा प्रवेश गरेको हो ।
दोस्रो लेगमा खेलको १८ औँ मिनेटमा एन्टोनियो रुडिगरले गरेको एक मात्र गोल निर्णायक बन्यो । अब चेल्सीले फाइनलमा आर्सनल र लिभरपुलबीचको विजेतासँग भिड्नेछ ।
उता, रेफ्री आन्द्रे मारिनरले पेएरे एमिल होजबर्ग र लुकास मोउरामाथि फल गरेपछि स्पर्सलाई दुईवटा पेनाल्टी दिएका थिए । तर, दुवै पटक भिडियो एसिस्टेन्ट रेफ्रीले उक्त निर्णयलाई उल्टाइदिएको थियो । त्यस्तै ह्यारी केनको गोललाई अफसाइड भन्दै रद्द गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण