तरलता अभावकै बीच बैंकहरुले १० प्रतिशतले कर्जा लगानी बढाए
बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पाँच महिनामा अधिकतम् १० प्रतिशतभन्दा माथिले कर्जा लगानी बढाएको राष्ट्र बैंकले बताएको छ । यस्तो कर्जा तरलता अभावकै बीच बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक विन्दुगत आधारमा पाँच महिनामा १०.४ प्रतिशतले बढाउँदै ४० खर्ब माथि लगानी गरेको राष्ट्र बैंकले बताएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा बैंकहरुले ७.१ प्रतिशतले मात्र बढाएका थिए । यस्तो कर्जा वार्षिक विन्दुगत आधारमा २०७८ मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कुल कर्जामध्ये अधिकतम् ३१.२ प्रतिशतले बढेको राष्ट्र बैंकले देखाएको छ ।
यसमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १०.० प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह १२.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १७.५ प्रतिशतले बढेको छ । २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
२०७७ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.३ प्रतिशत र १२.१ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्र तर्फको कर्जा १२.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्र तर्फको कर्जा १०.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र तर्फको कर्जा ५.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्र तर्फको कर्जा १०.९ प्रतिशतले र सेवा उद्योग क्षेत्र तर्फको कर्जा ४.९ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
तर, यता निक्षेपतर्फ भने समीक्षा अवधिमा १.७ प्रतिशतले मात्र वृद्धि हुँदै ४२ खर्ब बराबर पुगेको बैंकले जनाएको छ । यस्तो निक्षेप संकलन अघिल्लो वर्षको सोही अवधिमा ६.५ प्रतिशतले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण