चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप
करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् ।
शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ । शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् । सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिए ।
शनिबार पत्रकार सम्मेलनमा उनले चीनमा नागरिकलाई कोरोना विरुद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताएका हुन् । सो पत्रकार सम्मेलनमा उहाँले बाँकी रहेका चिनियाँ नागरिकलाई पनि खोप लिन आग्रह गर्नुभयो । सो अवसरमा उनले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गरेका थिए ।
चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका सङ्क्रमितहरु देखिन थालेका छन् । ती सङ्क्रमितहरुको पहिचान गरेर चीनका अधिकारीहरुले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : दुई किङ्सबिच चेन्नईमा भिडन्त, जित्नै पर्ने दबाबमा पन्जाब
-
लोक गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरि धन’ चर्चामा
-
पटकपटक सत्ता परिवर्तनले लुम्बिनीमा लगानी सम्मेलन अन्योलमा
-
हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग
-
साहुको चाकडी नगर्ने मजदुरमाथि श्रम ऐनको दफा १४५ तरबार बन्यो
-
भाजपाको निमन्त्रणामा कुन कुन नेता जाँदै छन् दिल्ली ?