अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्कन धरानका मेयरको अपिल
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले विश्वमा महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९)को तेस्रो भेरियन्ट पछिल्लो समय धरानमा पनि तीव्र गतिमा बढिरहेको जनाउँदै यसबाट बच्नका लागि सचेत र सजग रहन आम नगरवासीमा अपिल गरेका छन् ।
मेयर राईले आज मङ्गलबार एक अपिल जारी गरि नगरवासीमा कोरोना भाइरसको तेस्रो लहरबाट बच्न नगरवासीमा अपिल गर्नु भएको हो । मेयर राईले यदि कसैमा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएमा वा शङ्का लागेमा पिसिआर/एन्टिजेन विधिबाट परीक्षण गराउन पनि आग्रह गरेका छन् ।
‘अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख चिउँडो छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै साबुन पानीको प्रयोग गरि पटक–पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन पनि अनुरोध गर्दछु । सार्वजनिक स्थान र स्थलहरूमा भिडभाड नगर्न पनि अनुरोध गर्दछु’ मेयर राईद्वारा जारी अपिलमा उल्लेख छ । साथै, मेयर राईले नगरवासीमा कोभिड सम्बन्धी लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् । धरानमा मंगलबार मात्र १८७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
-
आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुर
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण