समीक्षाले भनिन् - 'पलसँगको वास्तविक यथार्थ बाहिर ल्याउँछु'
गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस अगाडिका आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र अनुरोधमा लेखिएको बताएकी छन् ।
उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’गत २४ अक्टोबरमा उनले पल र आफ्नो बीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको बताएकी थिइन् । तर अहिले भने उनले शो स्टाटस नै झुट भएको बुझाउन खोजेकी छन् ।
केही दिन पहिले पनि उनले नारी शक्तिलाई कमजोर नठान्न भन्दै अभिनेता पल तिर लक्षित गर्दै चेतावनी पुर्ण पोष्ट दिएकी थिइन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले उक्त पोष्टमा लेखेकी थिइन् ।
केही अगाडि समीक्षाको पल शाहसँग अन्तरंग सम्बन्ध रहेको समाचारले मिडियामा प्रथामिकता पाएको थियो । मिडियाले पलसँग जोडेर आफ्ना बिभिन्न समाचार र गसिफ लगातार बनाएपछि उनले फेसबुकमार्फत एक स्पष्टिकरणका रुपमा पल र आफूबीच कुनै सम्बन्ध नरहेको भन्दै २४ अक्टोबरमा एक पोष्ट गरेकी थिइन् ।
अहिले भने समीक्षाको सम्बन्ध बाहिर ल्याउने चेतावनी पुर्ण स्टाटसले समीक्षा र पल बीच केही सम्बन्ध संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिरिबन्धु टी स्टेटको पूर्णपाठ सार्वजनिक : तीन बुँदे परमादेश र निर्देशन जारी
-
पनौतीको कला–सम्पदामाथि जोडिन पुगेको आधुनिक कलादीर्घा
-
‘अनिद्रामाथि सहज विजय’ कृति लोकार्पण
-
फोहोर सङ्कलनमा नेपाली सेना प्रथम
-
जनताले परिवर्तनको महसुस गर्न सकेनन् : सिटौला
-
रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित