समीक्षाले भनिन् - 'पलसँगको वास्तविक यथार्थ बाहिर ल्याउँछु'
गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस अगाडिका आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र अनुरोधमा लेखिएको बताएकी छन् ।
उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’गत २४ अक्टोबरमा उनले पल र आफ्नो बीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको बताएकी थिइन् । तर अहिले भने उनले शो स्टाटस नै झुट भएको बुझाउन खोजेकी छन् ।
केही दिन पहिले पनि उनले नारी शक्तिलाई कमजोर नठान्न भन्दै अभिनेता पल तिर लक्षित गर्दै चेतावनी पुर्ण पोष्ट दिएकी थिइन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले उक्त पोष्टमा लेखेकी थिइन् ।
केही अगाडि समीक्षाको पल शाहसँग अन्तरंग सम्बन्ध रहेको समाचारले मिडियामा प्रथामिकता पाएको थियो । मिडियाले पलसँग जोडेर आफ्ना बिभिन्न समाचार र गसिफ लगातार बनाएपछि उनले फेसबुकमार्फत एक स्पष्टिकरणका रुपमा पल र आफूबीच कुनै सम्बन्ध नरहेको भन्दै २४ अक्टोबरमा एक पोष्ट गरेकी थिइन् ।
अहिले भने समीक्षाको सम्बन्ध बाहिर ल्याउने चेतावनी पुर्ण स्टाटसले समीक्षा र पल बीच केही सम्बन्ध संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

