तीन हप्तामा तेस्रोपटक चेल्सीले स्पर्सलाई हरायो
दोस्रो हाफमा दुई गोल गर्दै चेल्सीले टोटनह्याम हटस्पर्सलाई तीन हप्तामा तेस्रो पटक पराजित पराजित गरेको छ । पहिलो हाफमा गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको दुई मिनेटमा नै हामिक जियाचले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
आठ मिनेटपछि नै थियागो सिल्भाले मेसन माउन्टको फ्रिकिकबाट गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । यसअघि पहिलो हाफमा ह्यारी केनले चेल्सीको पोस्टमा गोल छिराए पनि त्यसलाई रद्द गरिएको थियो । गोलअघि केनले सिल्भालाई फल हानेको देखिएको थियो ।
चेल्सीले केही समयअघि मात्र काराबाओ कपको सेमिफाइनलको दुवै लेगमा स्पर्सलाई हराएको थियो । गत नोभेम्बरमा एन्टोनियो कोन्टेले नेतृत्व सम्हाले यता लिगमा स्पर्सको यो पहिलो पराजय हो । जीतपछि २४ खेलबाट ४७ अङ्क बटुल्दै चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ । स्पर्स भने २० खेलबाट ३६ अङ्क बटुल्दै लिगको सातौँ स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण