पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन फाइजर खोप खरिद गरिँदै
सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।
कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भिडभाड हुने हुनाले सङ्क्रमणको उच्च जोखिममा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर फाइजर खोप ल्याउन सरकारले प्रक्रिया सुरु गरिसकेको जानकारी दिए । दुई–तीन महिनाभित्रै उक्त खोप आउन सक्ने सम्भावना रहेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण