कोरोनाको संक्रमणको चक्र तोड्न चुनौती
कोरोना भाइरस संक्रमणका लक्षण देखिन्छ। रुघामार्गी लाग्छ । खोकीले सताउँछ । तर, धेरैव्यक्ति परीक्षण नगराई घरमै बस्ने प्रवृत्ति देखिएको छ। स्वास्थ्य केन्द्रमा गई परीक्षण नगर्दा संक्रमितको तथ्यांक यकिन छैन। जसकारण संक्रमणको चक्र तोड्न चुनौती थपिएको विज्ञ बताउँछन्।
मापदण्डमा परेका सरकारी अस्पताल तथा प्रयोगशालामा निःशुल्क पीसीआर परीक्षण हुन्छ। तर, समुदायमा कोरोना फैलिइरहेको अनुपातमा परीक्षण भएको छैन। संक्रमण भए पनि परीक्षण नगराउने प्रवृत्तिले समुदायमा फैलने क्रम बढिरहेको स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा निर्देशक डा. रुद्रप्रसाद मरासिनीले बताए।
‘जुन दरमा संक्रमण फैलिरहेको छ त्यो दरमा परीक्षण भएको छैन । जसकारण समुदायमा कोरोना फैलिरहेको छ’, निर्देशक डा. मरासिनीले भने, ‘संक्रमण भए पनि परीक्षण गर्न गइरहेको अवस्था छैन। नजिकका स्वास्थ्य संस्थामा गई परीक्षण गर्न अनुरोध गर्दछु।’ दुई साताको संक्रमणदर उच्च रहेकाले सतर्क हुनुपर्ने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले बताइन्। ‘अझै संक्रमणदर ४० प्रतिशतभन्दा बढी छ। संक्रमणको जोखिम कायमै छ’, प्रवक्ता मिश्रले भनिन्।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १ सय ५४ जनाले परीक्षण गराएका छन्। जसमध्ये ३ हजार ५ सय ४० जनालाई कोरोना लागेको पुष्टि भएको छ। माघ १३ गतेदेखि चार दिनमा संक्रमणबाट ३२ जनाले ज्यान गुमाएको डा। मिश्रले बताइन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
-
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण