भाले नहुँदा घडियाल सङ्कटमा
घडियाल गोहीको सङ्ख्या बढाउन प्रजनन केन्द्रमा काम गर्नेका लागि भाले गोही समस्या भएको छ । दुर्लभ जलचर घडियालको भाले कम जन्मने हुँदा यसले सङ्ख्या वृद्धिमा पनि असर गरेकोे विज्ञहरूको निष्कर्ष छ ।
घडियालविज्ञ वेदबहादुर खड्का घडियाल भालेको जन्म नै दुर्लभ हुने बताउँछन् । “घडियाल भालेको जन्म नै दुर्लभ छ,” उनले भने, “पोथीको तुलनामा भाले कम जन्मँदा भालेको अभाव हुने गर्छ ।” भाले नभएकै कारण गोहीका अन्डा नै बतासे (बच्चा जन्माउन नसक्ने) हुने गरेको पनि उहाँले जनाउनुभयो ।
“भाले नलागेका अन्डा बतासे हुन्छन्, त्यसबाट बच्चा कोरल्न सकिँदैन,” विज्ञ खड्का भन्छन्, “भालेकै अभावमा अघिल्लो वर्ष घडियाल प्रजनन केन्द्रमै तीन सय अन्डा बतासे भएर फाल्नु परेको थियो ।” नदी किनारका बालुवामा भएका गोहीका गुँडमै भेटिने अन्डा पनि नकोरली बतासे हुनुमा भाले नलागेकै प्रमुख कारण भएको उनको निष्कर्ष छ ।
विज्ञका अनुसार घडियालमा भाले पोथी छुट्टयाउने आधार भनेकै गोहीको ठुँडोमा हुने घडीजस्तो बनावट हो । त्यो भएको भाले र नभएको पोथी हुन्छ । गोहीको भाले वा पोथी जन्म गोहीको अन्डा रहेको गुँडको तापक्रममा भर पर्छ । “गोहीले बालुवामा गुँड बनाउँछ, त्यो गुँडको तापक्रम ३० देखि ३२ डिग्री भयो भने भाले जन्मने सम्भावना बढी हुन्छ,” घडियाल प्रजनन केन्द्रका पूर्वप्रमुखसमेत रहेका खड्का भन्छन्, “सामान्य अवस्थामा तापक्रमको सन्तुलन नमिल्दा पनि भालेको जन्म कम भएको हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण