गठबन्धन भत्काउन एमाले लागेको तीन दलको आरोप
सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेको आजको नागरिक दैनिकमा समाचार छ ।
एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदै संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गर्दै आएका छन् । एक सातायता सत्ता सहयत्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्किन सक्ने शंकालाई बल पुगेको छ ।
आउँदै संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने र त्यसमा काँग्रेस प्रतिबद्ध रहेका भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिए पनि उनको पार्टीभित्र यस विषयलाई लिएर चर्को असन्तुष्टि छ । साथै एमसीसीको विषयमा पनि सत्ता सहयात्री दलभित्र किचलो बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण