महोत्तरीका विद्यालयहरूमा २४ माघदेखि मेडर्ना खोप लगाइने

महोत्तरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी २४ माघदेखि मेर्डर्ना खोप लगाइने भएको छ । जिल्लामा ७४ हजार मात्रा खोप आइसके पनि तयारी पूरा नभएका कारण २४ माघदेखि खोप लगाइने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रवक्ता लक्ष्मेश्वर झाले जानकारी दिए ।
२४ देखि २८ माघसम्म जलेश्वर, लोहारपट्टी, मनरासिस्वा, मट्टीहानी, बल्वा, पिपरा, महोत्तरी र एकडाराका विद्यालयमा खोप लगाउने निर्णय भएको छ भने बर्दिवास, भंगाहा, गौशाला, सम्सी, रामगोपालपुर, औरही र सोनामामा २ देखि ६ फागुनसम्म लगाइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । तर, संघीय सरकारले देशैभरका विद्यार्थीलाई खोप लगाउन १५ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय गरेको थियो ।
यसैगरी विदेश जानेहरूलाई लक्षित गरेर स्वास्थ्य कार्यालय महोत्तरीले जोनसोन खोप दिने निर्णय गरेको छ । पासपोर्टका आधारमा जिल्लाका सबै पालिकाका १८ वर्षभन्दा माथिकालाई जोनसनको खोप दिने निर्णय गरेको कार्यालय प्रमुख भोला यादवले जानकारी दिए ।
जिल्लाका सबै पालिकामा १० देखि १४ फागुनसम्म खोप लगाउने निर्णय पनि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत