महोत्तरीका विद्यालयहरूमा २४ माघदेखि मेडर्ना खोप लगाइने
महोत्तरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी २४ माघदेखि मेर्डर्ना खोप लगाइने भएको छ । जिल्लामा ७४ हजार मात्रा खोप आइसके पनि तयारी पूरा नभएका कारण २४ माघदेखि खोप लगाइने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रवक्ता लक्ष्मेश्वर झाले जानकारी दिए ।
२४ देखि २८ माघसम्म जलेश्वर, लोहारपट्टी, मनरासिस्वा, मट्टीहानी, बल्वा, पिपरा, महोत्तरी र एकडाराका विद्यालयमा खोप लगाउने निर्णय भएको छ भने बर्दिवास, भंगाहा, गौशाला, सम्सी, रामगोपालपुर, औरही र सोनामामा २ देखि ६ फागुनसम्म लगाइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । तर, संघीय सरकारले देशैभरका विद्यार्थीलाई खोप लगाउन १५ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय गरेको थियो ।
यसैगरी विदेश जानेहरूलाई लक्षित गरेर स्वास्थ्य कार्यालय महोत्तरीले जोनसोन खोप दिने निर्णय गरेको छ । पासपोर्टका आधारमा जिल्लाका सबै पालिकाका १८ वर्षभन्दा माथिकालाई जोनसनको खोप दिने निर्णय गरेको कार्यालय प्रमुख भोला यादवले जानकारी दिए ।
जिल्लाका सबै पालिकामा १० देखि १४ फागुनसम्म खोप लगाउने निर्णय पनि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण