जुम्ला विमानस्थलको हवाई सेवा सुचारु
जुम्ला विमानस्थलको धावन मार्गमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु भएको छ । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चन्दननाथ नगरपालिका, सडक डिभिजन कार्यालय लगायतको टोलीले धावन मार्गको हिउँ पन्छाएको छ । हिउँ पन्छाएसँगै दुईवटा हवाइजहाजले उडान भरेका छन् ।
धावन मार्गमा हिउँ हटाएपछि आजैदेखि हवाई सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘धावन मार्गमा झण्डै एक फिट हिउँ जमेको थियो ।’
हिउँ पन्छ्याउनका लागि नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी बलका एसपी चित्राङगत दाहाल, नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्द, राष्ट्रिय प्रहरी अनुसन्धानका डिएसपी राजकुमार न्यौपानेले टोली लिएर बिहानै धावन मार्गमा पुगेका थिए ।
यसअघिका वर्षमा हिउँ परे पनि यो वर्ष विमानस्थलमा सबैभन्दा बाक्लो हिउँ जमेको थियो । यसअघिका वर्षमा एकै दिनमा हिउँ बिलाएर धावनमार्ग सुक्ने गरेकोमा यस वर्ष ठूलो जनशक्तिले हिउँ पच्छ्याउनु परेको बताइएको छ । बाक्लो हिमपातका कारण तीन दिनदेखि हवाई उडान प्रभावित बनेको थियो ।
जुम्लामा लामो समयपछि ठूलो हिमपात भएको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले बताइन् । हिउँ पन्छाउन नगरपालिकाले डोजर, जिप र ट्याक्टर लिएको थियो । नेपाली सेनाले ट्रक, भ्यान, सशस्त्र प्रहरीले भ्यान र जिल्ला प्रशासन कार्यालयको गाडी लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण