मधेश सरकारमा एक राज्यमन्त्री थपिए
आइतबार, २३ माघ २०७८, ११ : ०६
मधेश सरकारले एक राज्यमन्त्री नियुक्त गरेका छन् । आइतबार एकीकृत समाजवादीको तर्फबाट उद्योग पर्यटन तथा वन राज्यमन्त्री पदमा नागेन्द्र यादवलाई नियुक्त गरिएको मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
नवनियुक्त राज्यमन्त्री यादवलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका थिए । एकीकृत समाजवादीले मन्त्रिपरिषदमा एक राज्यमन्त्री थपिएसँगै दुई मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।
गत मंसिर ५ मा नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी शत्रुधन महतो र प्रदेश मामिला तथा कानुन मन्त्रीमा प्रमोद यादव सहभागी भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण