मधेश सरकारमा एक राज्यमन्त्री थपिए
आइतबार, २३ माघ २०७८, ११ : ०६

मधेश सरकारले एक राज्यमन्त्री नियुक्त गरेका छन् । आइतबार एकीकृत समाजवादीको तर्फबाट उद्योग पर्यटन तथा वन राज्यमन्त्री पदमा नागेन्द्र यादवलाई नियुक्त गरिएको मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
नवनियुक्त राज्यमन्त्री यादवलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका थिए । एकीकृत समाजवादीले मन्त्रिपरिषदमा एक राज्यमन्त्री थपिएसँगै दुई मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।
गत मंसिर ५ मा नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी शत्रुधन महतो र प्रदेश मामिला तथा कानुन मन्त्रीमा प्रमोद यादव सहभागी भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
-
चिर्पट प्रहार गरी श्रीमानको हत्या
-
आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियन टोलीको घोषणा
-
एन्फाको अपिल समितिले उल्टायो पुरानो निर्णय, धीरेन्द्रलाई ‘बी’ डिभिजन खेल्ने अनुमति
-
आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ : मुख्यमन्त्री आचार्य
-
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट