सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध
आइतबार, २३ माघ २०७८, ११ : २३
गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ । मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ । साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ ।
हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए । विमानस्थलमा दैनिक १५ सम्म उडान हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण