हिउँले ढकमक्क रारा
आइतबार, २३ माघ २०७८, १६ : ३९
रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो । यो ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको राराको आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएको छ ।
चारैतिर हिमपातले सेताम्मे बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेको छ । राराको यो सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूको लर्को लाग्ने गरेको छ ।
रारामा यो वर्ष तेश्रो पटक हिमपात भएको हो । रारा आसपासमा करिब साढे २ फिटसम्म हिमपात भएका स्थानीयको भनाइ छ । यहाँको प्राकृतिक सौन्दर्य हेर्न देश विदेशबाट समेत पर्यटक आइरहेको सक्कबहादुर बुढाले बताए । यसले समग्र कर्णालीको पहिचान बढी रहेको आन्तरिक पर्यटक तेजेन्द्र सिंजालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण