शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई नियुक्त

मङ्गलबार, २५ माघ २०७८, १२ : ३९
मङ्गलबार, २५ माघ २०७८

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डिराज भट्टराई (सिद्धिचरण) नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ५ वर्षको हुनेछ ।

रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् । समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारितामा पनि आबद्ध छन् ।उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज हुन् । नवनियुक्त भट्टराईले आफ्नो कार्यकालमा लुम्बिनीको विकासको लागि गुरु योजना  छिटो सम्पन्न गर्ने , बृहत्तर योजना अनुसार देवदह, रामग्राम,तिलौराकोटको विकास गर्ने प्राथमिकता रहेको रातोपाटीलाई बताए । उनले आफ्नो कार्यकालमा कोषमा आर्थिक पारदर्शिता र सुशासन कायम  गर्ने अर्को काम रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप