नेपालमा ८२ प्रतिशतमा ओमिक्रोन बीए. टू पुष्टि
नेपालमा कोरोनाभाइरस कोभिड–१९ पुष्टि भएका मध्ये प्रायःलाई ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस महिनाको २० गतेदेखि माघ ८ गतेसम्म कोभिड–१९ सङ्क्रमित ९५ वटा नमुनालाई जिन सिक्वेन्सिङका लागि भारत पठाइएको थियो ।
यही माघ २४ गते भारतको इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटेट अफ बायोलोजीमा जीन सिक्वयनिङ गर्न पठाएका मध्ये सबै ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् । ओमिक्रोन भेरियन्ट देखिएका नमुना मध्ये ७८ वटा नमुना अर्थात् ८२ प्रतिशतमा ओमिक्रोन बीए. टू पुष्टि भएको प्रवक्ता डा. मिश्राले बताइन् ।
भाइरसहरु समय अनुसार अनुवांशिक उत्परिवर्तन भइरहन्छ । कोभिड –१९ सुरु भएदेखि हालसम्म यस भाइरसमा धेरै अनुवांशिक उत्परिवर्तन भई विभिन्न भेरिएन्टहरु देखापर्ने क्रम जारी छ । पछिल्लो समय विश्वमा फैलिएको ओमिक्रोन भेरियन्टमा विभिन्न उत्परिवर्तन भई हाल ४ वटा लिनिएच देखा परेको अध्ययनले देखाएको छ ।
यो लिनिएज बी.वान डेल्टा र ओमिक्रोनको लिनिएज बीए.वानलाई प्रतिस्थापन गरिरहेको हालको अनुसन्धानले देखाइरहेको डा. मिश्राले बताइन् । अझै धेरै व्यक्तिले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेकाले उनले बताइन । खोप नलगाएकाहरूलाई ओमिक्रोन लगायत अन्य भेरियन्टको सङ्क्रमणबाट गम्भीर स्वास्थ्य जटिलता आउन सक्ने भएकाले तत्काल खोप लगाउन डा. मिश्रा को आग्रह छ । सङ्क्रमण कम देखिए पनि जोखिम कायम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनले आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण