शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा ८२ प्रतिशतमा ओमिक्रोन बीए. टू पुष्टि

बिहीबार, २७ माघ २०७८, १२ : १७
बिहीबार, २७ माघ २०७८

नेपालमा कोरोनाभाइरस कोभिड–१९ पुष्टि भएका मध्ये प्रायःलाई ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस महिनाको २० गतेदेखि माघ ८ गतेसम्म कोभिड–१९ सङ्क्रमित ९५ वटा नमुनालाई जिन सिक्वेन्सिङका लागि भारत पठाइएको थियो ।

यही माघ २४ गते भारतको इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटेट अफ बायोलोजीमा जीन सिक्वयनिङ गर्न पठाएका मध्ये सबै ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् । ओमिक्रोन भेरियन्ट देखिएका नमुना मध्ये ७८ वटा नमुना अर्थात् ८२ प्रतिशतमा ओमिक्रोन बीए. टू पुष्टि भएको प्रवक्ता डा. मिश्राले बताइन् ।

भाइरसहरु समय अनुसार अनुवांशिक उत्परिवर्तन भइरहन्छ । कोभिड –१९ सुरु भएदेखि हालसम्म यस भाइरसमा धेरै अनुवांशिक उत्परिवर्तन भई विभिन्न भेरिएन्टहरु देखापर्ने क्रम जारी छ । पछिल्लो समय विश्वमा फैलिएको ओमिक्रोन भेरियन्टमा विभिन्न उत्परिवर्तन भई हाल ४ वटा लिनिएच देखा परेको अध्ययनले देखाएको छ ।

यो लिनिएज बी.वान डेल्टा र ओमिक्रोनको लिनिएज बीए.वानलाई प्रतिस्थापन गरिरहेको हालको अनुसन्धानले देखाइरहेको डा. मिश्राले बताइन् । अझै धेरै व्यक्तिले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेकाले उनले बताइन । खोप नलगाएकाहरूलाई ओमिक्रोन लगायत अन्य भेरियन्टको सङ्क्रमणबाट गम्भीर स्वास्थ्य जटिलता आउन सक्ने भएकाले तत्काल खोप लगाउन डा. मिश्रा को आग्रह छ । सङ्क्रमण कम देखिए पनि जोखिम कायम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनले आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप