ट्राफिक महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डीआईजी खटाउने तयारी
ट्राफिक प्रहरी महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) खटाउने तयारी गरिएको छ । ट्राफिक व्यवस्थापन र विमानस्थलको सुरक्षा व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएकाले डीआईजी खटाउनुपर्ने गृह मन्त्रालयको निष्कर्ष छ ।
दुवै ठाउँमा २०७४ सम्म डीआईजीको दरबन्दी थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले डीआईजीको संख्या घटाएर दुवै ठाउँमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) खटाउने निर्णय गरेको थियो ।
विमानस्थल र ट्राफिक महाशाखामा डीआईजी खटाउन खोजेको गृहमन्त्री बालकृष्ण खाणले बताए । मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खाणले भने– ‘विमानस्थलमा पनि चुनौती बढेको छ, ट्राफिक व्यवस्थापन पनि चुस्त बनाउनुपर्ने छ, त्यसैले त्यहाँ डीआईजी राख्न खोजेका छौं ।’
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को ३ वटा दरबन्दी थप्ने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू
-
बिहानै पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु
-
पीयूष चावलाद्वारा व्यावसायिक क्रिकेटबाट संन्यास
-
नर्वेसँग लज्जास्पद हारपछि इटाली ‘कठिन अवस्थामा’