ट्राफिक महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डीआईजी खटाउने तयारी
ट्राफिक प्रहरी महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) खटाउने तयारी गरिएको छ । ट्राफिक व्यवस्थापन र विमानस्थलको सुरक्षा व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएकाले डीआईजी खटाउनुपर्ने गृह मन्त्रालयको निष्कर्ष छ ।
दुवै ठाउँमा २०७४ सम्म डीआईजीको दरबन्दी थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले डीआईजीको संख्या घटाएर दुवै ठाउँमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) खटाउने निर्णय गरेको थियो ।
विमानस्थल र ट्राफिक महाशाखामा डीआईजी खटाउन खोजेको गृहमन्त्री बालकृष्ण खाणले बताए । मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खाणले भने– ‘विमानस्थलमा पनि चुनौती बढेको छ, ट्राफिक व्यवस्थापन पनि चुस्त बनाउनुपर्ने छ, त्यसैले त्यहाँ डीआईजी राख्न खोजेका छौं ।’
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को ३ वटा दरबन्दी थप्ने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण