मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

तीन दिनदेखि सिमकोट गाउँपालिकाका एक पुरुष बेपत्ता

शुक्रबार, २८ माघ २०७८, २१ : ४०
शुक्रबार, २८ माघ २०७८

हुम्लाको सिमकोट गाउँपालिकाका एक जना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन् । सिमकोट–७ घरभई हाल वडा–३ को तोर्पा गाउँमा बसोबास गर्दै आएका ४५ वर्षीय तुलसिंह सुनार तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् । सुनार तोर्पा गाउँबाट सदरमुकाम सिमकोट बुधबार काम विषेशले आएको र सोही दिनदेखि हराएको परिवारले जनाएको छ ।

बुधबार घरबाट सिमकोट आएको भए पनि आफूले बिहीबारदेखि निरन्तर खोजीकार्य जारी राखे पनि फेला पार्न नसकिएको ज्वाई धनबिर सुनारले जानकारी दिए ।  तीन दिनदेखि सम्पर्कविहीन भएका आफ्ना ससुरालाई खोजी गरिदिन आज शुक्रबार जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गरिएको बताए ।

पुरानो घर डाडाफयाँ र साथै आफन्तको गाउँ ठेहे, सिमकोटलगायत गाउँमा बिहीबार र शुक्रबार निरन्तर खोजी गर्दा भेटाउन नसकिएको उनले बताए । उनले केही वर्ष यतादेखि डाडाफयाँ छोडर तोर्पा गाउँमा बसाइसराई गरेका थिए । बुधबारको दिन हावाहुरीका साथै हिमपातसमेत भएको थियो ।

उनलाई देख्ने वा फेला पार्ने महानुभावले नजिकैको प्रहरी चौकी वा धनबिर सुनारको सम्पर्क नम्बर ९८४१७५१२९४ मा सम्पर्क गरिदिन हुन आफन्तले अनुरोध गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप