हुम्लाको हवाई सेवा शनिबारदेखि नियमित
शनिबार, २९ माघ २०७८, १८ : ५६
हावा हुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा पुनः आजदेखि नियमित भएको छ । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित भएको जनाएको छ । हावाहुरीले एक दिन उडान अवरुद्ध भएको थियो ।
हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो । समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन् । सिमकोट विमानस्थलमा रहेको जडिबुटीसमेत ढुवानी भएको छ ।
हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एअरको जहाज फिर्ता भएको थियो । त्यस्तै तारा र समिट एअरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण