प्रहरी प्रधान कार्यालयद्वारा डीएसपीहरूको काज सरुवा : को–कहाँ ?

नेपाल प्रहरीका डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवालगायतका जिल्लासहित वृत्तका प्रमुखहरुको सरुवा गरेको हो। जसअनुसार दोलखामा डीएसपी गंगाप्रसाद पौडेल काज सरुवा भएका छन् भने रसुवामा डीएसपी कुलदीप चन्द गएका छन् ।
यस्तै रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै महानगरीय प्रहरी बृत्त सातदोबाटोमा डीएसपी मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरे काज सरुवा हुँदा दोलखाका डीएसपी भेषराज रिजाल अपराध महाशाखामा सरुवा भएका छन् ।
यस्तै रामेछापबाट अर्का डीएसपी नवराज ढुङ्गानाको प्रदेश १ प्रहरी कार्यालयमा काज सरुवा हुँदा रसुवामा रहेका देवेन्द्र पाण्डे जगेडा पुलमा सरुवा भएका छन् ।
यस्तै हाल वृत्त चापागाउँमा कार्यरत टेकबहादुर कार्की क्षेत्रीको पनि कार्य विभागमा सरुवा भएका छन् । यसैगरी महानगरीय प्रहरी सातदोबाटोमा कार्यरत दिनेश घिमिरेको महानगरीय प्रहरी रानीपोखरीमा काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो