प्रहरी प्रधान कार्यालयद्वारा डीएसपीहरूको काज सरुवा : को–कहाँ ?
नेपाल प्रहरीका डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवालगायतका जिल्लासहित वृत्तका प्रमुखहरुको सरुवा गरेको हो। जसअनुसार दोलखामा डीएसपी गंगाप्रसाद पौडेल काज सरुवा भएका छन् भने रसुवामा डीएसपी कुलदीप चन्द गएका छन् ।
यस्तै रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै महानगरीय प्रहरी बृत्त सातदोबाटोमा डीएसपी मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरे काज सरुवा हुँदा दोलखाका डीएसपी भेषराज रिजाल अपराध महाशाखामा सरुवा भएका छन् ।
यस्तै रामेछापबाट अर्का डीएसपी नवराज ढुङ्गानाको प्रदेश १ प्रहरी कार्यालयमा काज सरुवा हुँदा रसुवामा रहेका देवेन्द्र पाण्डे जगेडा पुलमा सरुवा भएका छन् ।
यस्तै हाल वृत्त चापागाउँमा कार्यरत टेकबहादुर कार्की क्षेत्रीको पनि कार्य विभागमा सरुवा भएका छन् । यसैगरी महानगरीय प्रहरी सातदोबाटोमा कार्यरत दिनेश घिमिरेको महानगरीय प्रहरी रानीपोखरीमा काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण