लमजुङमा उमेर नपुग्दै आमा बन्ने बढे, १५ वर्षका किशोरी आमा
लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवा लिने महिलाहरूको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै बिहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको पाइएको हो । महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी व्यवस्था छ।
विगतमा नबुझेर बालविवाह हुने गरेकोमा पछिल्लो समय जान्ने बुझ्नेहरूले नै उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाहको यकिन तथ्याङ्क नभए पनि कम उमेरमै आमा हुने किशोरीहरूको सङ्ख्याले बालविवाह न्यूनीकरणमा कुनै पनि उपलब्धि हासिल हुन नसकेको देखाएको छ । जिल्ला अस्पताल लमजुङमा चालु आर्थिक वर्ष ०७८/०७९ को ६ महिनामा मात्रै २० वर्ष मुनिका ७० जना किशोरी आमा बनेका छन् ।
जिल्लाका अन्य स्वास्थ्य संस्था तथा जिल्ला बाहिरबाट पनि केहीले सेवा लिएको हुन सक्ने भएकाले सो सङ्ख्या अझै बढी हुनु सक्ने अनुमान गरिएको छ । चालु वर्ष प्रसूति सेवा लिनेमा सबै भन्दा कम उमेरमा १५ वर्षका चार जना रहेका अस्पतालले जनाएको छ । त्यसै गरी आर्थिक वर्ष ०७७/०७८ मा प्रसूति सेवा लिने १ सय ५४ जना किशोरीहरू २० वर्षभन्दा कम उमेरका रहेका छन् । आर्थिक वर्ष ०७६ /०७७ मा भने एक सय ७१ जना २० वर्ष मुनिका किशोरीहरू आमा बनेको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।
कतिपयलाई परिवार नियोजनका अस्थायी साधन जानकारी नहुँदा तथा जानकारी भएर पनि कतिपयले प्रयोग नगर्दा कम उमेरमै गर्भवती हुने गरेको अस्पतालका स्त्री रोग विशेषज्ञ डा.हेमा छन्त्यालको भनाई छ । स्वास्थ्यका दृष्टीकोणले २० देखि ३५ वर्ष उमेरसम्म गर्भवती हुनु राम्रो मानिन्छ । २० वर्ष मुनि र ३५ वर्ष भन्दा माथिको उमेर प्रसूतिका लागि उपयुक्त नहुने चिकित्सकहरू बताउँछन् । यस अवस्थामा गर्भवती हुँदा पाठेघर खस्ने, विभिन्न रोग सङ्क्रमण तथा ज्यानै जाने जोखिम समेत हुने चिकित्सकहरूको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
-
भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ जनाको मृत्यु
-
निहारिका गेटमै धर्ना बसेपछि सिंहदरबारमा जे देखियो, तस्बिरहरू
-
प्रधानमन्त्री बालेनद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
-
फुटबलको महासङ्ग्राम : इंग्ल्याण्ड-अर्जेन्टिना दुश्मनीको कथा कहाँबाट सुरु भयो ?
-
२५ वर्षे विकासको मार्गचित्र कोर्न योजना आयोगले ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण