दैलेखमा जीप दुर्घटना : एकको मृत्यु, ६ घाइते
मङ्गलबार, ०३ फागुन २०७८, २१ : १४
दैलेखको महावु गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा महावु–५ का ४० वर्षीया रामबहादुर हमाल रहेका छन् । चालक सहित घाइते ६ जनालाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सदरमुकाम दैलेख बजारबाट महावुतर्फ जाँदै गरेको बा ०१–०२६च ५२६४ नम्बरको जीप अनियन्त्रित भएर महावुको फागु भन्ने स्थानमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहाका अनुसार जीप मंगलबार साँझ साढे छ बजेतिर दुर्घटना भएको हो । जीप सडकबाट एकसय मिटर तल खसेको साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण