एमालेको संसद अवरोध कायमै, कार्यव्यवस्था समितिमा पनि नजाने
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरोधलाई कायमै राख्ने भएको छ । आफुले कारवाही गरेका १४ सांसदबारे सभामुख अग्नि सापकोटाले सूचना ननिकालेको भन्दै एमालेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिस्कार गर्ने भएको हो ।
‘हामीले कारवाही गरेका १४ सांसदमाथि कारवाहीको सूचना जारी गर्न सभामुखलाई भनेको धेरै समय भैसक्यो । तर सभामुखले हाम्रो आग्रहलाई कुनै सुनुवाई गर्नुभएन’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘यस्तो अवस्थामा कार्यव्यवस्था परामर्श समितिमा सहभागीता जनाउनुको अर्थ छैन ।’
नेता नेम्वाङले संसद अवरोध कायमै राख्ने र कार्यव्यवस्थामा आउँदैनौ भनेर प्रमुख सचेतकले जानकारी दिने बताए । ‘हाम्रो अवरोध निरन्तर रहन्छ । कार्यव्यवस्थामा हामी सहभागी हुँदैनौ भनेर प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराउनुुहुन्छ’, नेता नेम्वाङको भनाई छ ।
सभामुख अग्नि सापकोटाले १ बजे बस्ने प्रतिनिधिसभा बैठक अघि ११ः ३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठक संसद बैठकका कार्यसूची तय गर्न बोलाइने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण