झापामा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न ९ जना पक्राउ
झापा जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न रहेको आरोपमा ९ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका–२ ठेगाना भएका ३८ वर्षीय सुमन कुमार कार्की, कन्काई नगरपालिका–३ का ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका–९ चिया दोकान चोकका ५० वर्षीया देवी बाँस्कोटा (गुरागाईँ), कन्काई नगरपालिका–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला रहेका छन् ।
शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय सरूण लिम्बु भन्ने दिलकुमार सामेखाम, गौरीगन्ज गाउँपालिका–३ का ३२ वर्षीय आनन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका–५ का ३३ वर्षीय प्रदिप थापा, गौरीगन्ज गाउँपालिका–३ का ४५ वर्षीय विजय कुमार दास हलुवाई र संखुवासभा खाँदबारी नगरपालिका–१० सित्तलपाटी घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका–६ बस्ने २९ वर्षीय मनमोहन दाहाललाई पनि पक्राउ गरिएको छ ।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको संयुक्त टोलीले उक्त गतिविधिमा संग्लन उनीहरुलाई विभिन्न कागजात तथा ६ थान मोबाइल सहित पक्राउ गरेको हो । उनीहरुविरुद्ध विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत झापाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण