सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिर खिच्ने बहानामा विद्यालय हिँडेका विद्यार्थीको अपहरण

शुक्रबार, ०६ फागुन २०७८, १९ : २१
शुक्रबार, ०६ फागुन २०७८

 रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ बस्ने पुष्पा दाहालका १२ वर्षीय छोरा  र ९ वर्षीया छोरीलाई अपहरण गरेर झापा पुर्याएको आरोपमा प्रहरीले एक  जनालाई पक्राउ गरेको छ ।

सैनामैनाको  प्रभात बोर्डिङ स्कुलमा पढ्न जाँदै गर्दा हिजो बिहान  फोटो खिच्ने बहानामा स्कुलको गाडीबाट निकालेर अपहरण गरी झापा पुर्याएको प्रहरीको भनाइ छ । हिजो  विद्यालय गएका बालबालिकाहरु हराएपछि खोजतलासको क्रममा आज दिउँसो झापाको बिर्तामोडबाट प्रहरीले उनीहरुलाई उद्धार गरेको हो । उनीहरुलाई अपहरण गरेको आरोपमा स्थानीय खिम बहादुर  पौडेललाई प्रहरी पक्राउ गरेको हो ।

विद्यालय हिँडेका रूपन्देहीका दुई बालबालिकालाई अपहरण गरी झापा पु¥याइएको अवस्थामा प्रहरीले फेला पारेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख मनोज केसीले झापाबाट बालबालिकालाई सकुशल फेला पारेको ल्याउँदै गरेको बताए । उनले अपहरण गर्ने व्यक्ति र अन्य विवरण भोलि  सार्वजनिक गर्ने बताए । विद्यालयका प्राचार्य अनन्तराम शर्माले बच्चाहरू विद्यालयमै नआए पनि आफन्तहरु विद्यालय हिँडेको बताएपछि  खोजतलासको लागि प्रहरीलाई खवर गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप