चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय
उच्च अदालत पाटन हेटौंडा इजलाशले यातना दिएर चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय सुनाएको छ । पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको सजाय गर्ने फैसला गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जभित्र सेनााको यातनाबाट गम्भीर घाइते भएका राजकुमार चेपाङको ०७८ साउन ८ मा उपचारको क्रममा अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो । उक्त मुद्दामा उच्च अदालत पाटन हेटौंडा इजलासले जिल्ला अदालतले गरेको निर्णयलाई उल्ट्याउँदै बुढालाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतले गत असार २८ मा बुढालाई ९ महिना कैद, ९ हजार रुपैयाँ जरिवाना र मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
पीडित पक्षको तर्फबाट उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पुनरावेदन गरेको थियो । ९ महिना सजाय हुनेगरी कसुर ठहर भएकाले जागिर गुमाउन पुगेका बुढाले पनि उच्च अदालतमा पुनरावेदन गरेका थिए । दुवैतर्फको पुनरावेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पीडितको मागअनुसार बुढालाई जन्मकैदको सजाय हुने गरी फैसला गरेको उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण