सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत

मङ्गलबार, १० फागुन २०७८, १२ : ४२
मङ्गलबार, १० फागुन २०७८

ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दोलखा मैलुङ गाउँपालिका-४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका-४ ईमाडोलमा गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

यता सुनसरीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्जु गाउँपालिका-४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सितागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप