आँखामा डार्क सर्कल र मुटुबिच के छ सम्बन्ध ?
सारांश
- आँखाको मुनिको कालो धब्बा सामान्यतया निद्राको कमी, तनाव वा बुढ्यौलीको कारण मानिन्छ, तर यसले शरीरभित्रका स्वास्थ्य समस्याको संकेत पनि दिन सक्छ।
- डार्क सर्कललाई मुटु रोगको प्रत्यक्ष लक्षण नमाने पनि, यदि यसका साथै सास फेर्न गाह्रो हुने, थकान, खुट्टा सुन्निने, छाती दुख्ने वा धड्कन बढ्ने जस्ता समस्या छन् भने यो गम्भीर हुन सक्छ।
- डार्क सर्कल कम गर्नका लागि पर्याप्त निद्रा, प्रशस्त पानी पिउने, सन्तुलित आहार, स्क्रिन समय सीमित गर्ने र आँखालाई आराम दिने जस्ता उपायहरू अपनाउन सकिन्छ।
काठमाडौँ । आँखा मुनिको कालो धब्बा सामान्य कुरा हो । त्यसैले धेरैजसो मानिसहरू यसलाई निद्राको कमी, तनाव वा बुढ्यौलीको कारण देखिएको असर ठान्दछन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? डार्क सर्कलले शरीरभित्रका स्वास्थ्य समस्याको संकेत हुन सक्छ भनेर । धेरै मानिसहरू डार्क सर्कलको मुटुको स्वास्थ्यसँग कुनै सम्बन्ध छैन भन्ने सोच्छन् ।
सामान्यतया, डार्क सर्कललाई मुटु रोगको प्रत्यक्ष लक्षण मानिँदैन । निद्राको कमी, एलर्जी, तनाव, निर्जलीकरण, बुढ्यौली, वा छाला पातलो हुनु पनि यसको लागि जिम्मेवार हुन सक्छ । यद्यपि, यदि डार्क सर्कलको साथसाथै सास फेर्न गाह्रो हुने, लगातार थकान, खुट्टा सुन्निने, छाती दुख्ने, वा धड्कन बढ्ने जस्ता समस्याहरूसँग सम्बन्धित छन भने, यो गम्भीर हुन सक्छ ।
किन हुन्छ डार्क सर्कल ?
निद्राको कमी
निर्जलीकरण
लगातार स्क्रिनको अगाडि बसिरहनु
तनाव र मानसिक थकान
एलर्जी वा बारम्बार आँखा माड्नु
फलामको कमी
उमेरसँगै छाला पातलो हुनु
यी हुन् खतराको संकेत
छाती दुख्ने वा दबाब महसुस हुनु
सास फेर्न गाह्रो हुनु
बारम्बार चक्कर लाग्नु
अत्यधिक कमजोरी वा थकान
खुट्टा वा गोलीगाँठो सुन्निनु
यी हुन् डार्क सर्कल कम गर्ने सजिलो तरिका
यसको लागि आहार महत्त्वपूर्ण छ, र दैनिक ९ घण्टा राम्रो निद्राले पनि कालो घेरा कम गर्न मद्दत गर्नेछ ।
दिनभरि प्रशस्त पानी पिउनुहोस् अनि आइरन, भिटामिन सी र प्रोटिनले भरिपूर्ण सन्तुलित आहार खानुहोस् ।
आफ्ना स्क्रिन समय सीमित गर्नुहोस् अनि आफ्नो आँखालाई पनि आराम दिनुहोस् ।
(अस्वीकरणः सल्लाहसहित यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण