शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सैनिक कल्याणकारी कोषमा ५९ अर्ब ९५ करोड

माईक्रोफाइनान्सबाट ५ करोड उठेन
मङ्गलबार, १० फागुन २०७८, १७ : ३७
मङ्गलबार, १० फागुन २०७८

नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति ५९ अर्ब ९५ करोड ८९ लाख पुगेको छ । कोषमा जम्मा भएको रकम सेनाले २७ वटा ‘क’ वर्गका बैङ्कहरूमा मुद्दती निक्षेप राखेको छ ।

नेपाली सेनाले मंगलबार पत्रकार सम्मेलन गरेर कोषमा भएको रकम र लगानीबारे जानकारी दिएको छ । सैनिक कल्याणकारी महानिर्देशनालयका अनुसार २०७८ असार मसान्त सम्ममा बैङ्कहरूमा ५४ अर्ब १२ करोड ७५ लाख बैंकमा मुद्दती निक्षेप राखिएको छ । सेनाले ब्याजदरको प्रतिस्पर्धा गराएर रकम निक्षेप गर्दै आएको छ ।

स्कुल र मेडिकल कलेजमा सेनाले ५ अर्ब ८३ करोड १४ लाख लगानी गरेको छ । बैंक निक्षेप र स्कुल तथा कलेजमा गरिएको लगानी ५९ अर्ब ९५ करोड ८९ लाख पुगेको जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा कल्याणकारी महानिर्देशनालयका महासेनानी पुरन घलेले जानकारी दिए । 

त्यस्तै, सैनिक हिताधिकारीका लागी नेपाल इन्भेस्टमेन्ट बैंकले लगानी गरेको लघुवित्त कार्यक्रमको रकम जोखिममा परेको छ । सैनिक कल्याणकारी कोषसँगको समन्वयमा इन्भेस्टमेन्ट बैंकले लगानी गरेको करिब ५ करोड कर्जा उठ्न बाँकी रहेको नेपाली सेनाले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले पूर्व सैनिक र बहालवाला सैनिकका परिवारलाई लक्षित गरेर सानो स्केलमा लगानी गरेको थियो । खराब कर्जा उठाउनेबारे छलफल भइरहेको नेपाली सेनाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप