रुसको सुरक्षामा सम्झौता हुन सक्दैन : पुटिन
बुधबार, ११ फागुन २०७८, २१ : ४८
राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । यूक्रेनतर्फको सीमामा थप रूसी फौजहरू भेला भएको भन्दै यूक्रेनसहित उसका पश्चिमा सहयोगी मुलुकहरूले रुसमाथि आरोप लगाएको बेला पुटिनले भिडिओ सम्बोधनमार्फत देशको सुरक्षा र स्वार्थ विपरीत सम्झौता गर्न नसकिने बताएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचर निकायको गोप्य सूचनालाई आधार बनाएर ‘रुसले हमलाको सुरुवात’ गरिसकेको भन्दै मस्कोलाई थप प्रतिबन्धको चेतावनी दिएको केही घण्टामा पुटिनको पछिल्लो प्रतिक्रिया आएको हो ।
पुटिनले रुस सधैँ ‘सिधा र खुलस्त संवादका लागि तयार रहेको’ बताउनुभएको छ । सेनामा पूर्ण विश्वास रहेको कुरासमेत आफ्नो सम्बोधनमा उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण