रुसको सुरक्षामा सम्झौता हुन सक्दैन : पुटिन
बुधबार, ११ फागुन २०७८, २१ : ४८
राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । यूक्रेनतर्फको सीमामा थप रूसी फौजहरू भेला भएको भन्दै यूक्रेनसहित उसका पश्चिमा सहयोगी मुलुकहरूले रुसमाथि आरोप लगाएको बेला पुटिनले भिडिओ सम्बोधनमार्फत देशको सुरक्षा र स्वार्थ विपरीत सम्झौता गर्न नसकिने बताएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचर निकायको गोप्य सूचनालाई आधार बनाएर ‘रुसले हमलाको सुरुवात’ गरिसकेको भन्दै मस्कोलाई थप प्रतिबन्धको चेतावनी दिएको केही घण्टामा पुटिनको पछिल्लो प्रतिक्रिया आएको हो ।
पुटिनले रुस सधैँ ‘सिधा र खुलस्त संवादका लागि तयार रहेको’ बताउनुभएको छ । सेनामा पूर्ण विश्वास रहेको कुरासमेत आफ्नो सम्बोधनमा उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस
-
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ