बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या, ६३ वर्षीय वृद्ध पक्राउ
मोरङको लेटाङमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न एकलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । ‘बालिकाको बलात्कारपछि हत्या भएको पाइएको छ’, एसपी जिसीले भने– ‘हत्यामा संलग्न रहेको आरोपमा ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको छ ।’ स्कुलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार बिहान लेटाङ–८ लालहीरा सामुदायिक वनमा नाङ्गो अवस्थामा शव भेटिएको थियो । जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका हरेक दिन विद्यालय आउ–जाउ गर्थिन् । उनीसँगै धेरै साथीहरू यही बाटो विद्यालय आउ–जाउ गर्ने गर्थे । बुधबार पनि उनी सोही बाटो भएर विद्यालय गएकी थिइन् ।
बिहान साथीहरूसँग विद्यालय गएकी उनी साँझ फर्किने बेलामा ढिलो भयो । दिउँसो ४ बजेतिर एक्लै विद्यालयबाट घर जाँदै थिइन् । जब जंगलको बिचमा उनी पुगेकी थिइन् । उनको पछि लाग्दै आएका गिरीले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । ‘जंगलमा बालिकाको पछि लाग्दै गएका ६३ वर्षीय गिरीले बालिकाको बलात्कारपछि बालिकाले बुबालाई भनिदिन्छु भनेर रुँदै भागेपछि नियन्त्रणमा लिएर हत्या गरेको पाइएको छ’, एसपी जिसीले भनिन्– त्यसमा संलग्न व्यक्तिले बालिकाको हत्यापछि शवलाई खोल्सी हालेर माथिबाट ढुंगाले थिचेको स्वीकार गरेको छ ।’ मंगलबारे स्कुलबाट बालिकाको घरमा पुग्न डेढदेखि दुई घण्टासम्म लाग्छ । हत्यामा संलग्न रहेका गिरीको घरदेखि गाउँसम्म पुग्न सबै जंगल मात्र पर्ने भएकाले त्यसको मौका छोपी बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको दाबी छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै
-
एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे
-
म्याथ्यू हेडेन भन्छन्- ‘आईपीएलमा धोनीले खेलाडीको भूमिकामा अन्तिम खेल खेले’
-
सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, सडकदेखि सदनसम्म मोर्चाबन्दी गरिने
-
सुर्खेतको कटकुवामा मिनिबस दुर्घटना : दुई जनाको मृत्यु