मेयरसहित ४ जना अख्तियारको फन्दामा
कमिसन बापतको रकमसहित रौतहटमा एक जना मेयरसँगै ४ जना अख्तियारको फन्दामा परेका छन् । स्थानीय देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलसँगै ४ जनालाई ५ लाख रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
देवाही गोनाही नगरपालिकाको कार्यालय देवाहीस्थित आफ्नै कार्यकक्षमा मेयर पटेलले वडाध्यक्ष शेख नुरुल्लाहसँग विकास निर्माणको कार्यमा भागवण्डा बापतको रकम नगद र चेक लिँदै गरेको अवस्थामा आइतबार अपराह्न अख्तियारको टोलीले रंगे हात पक्राउ गर्न सफल भएको छ ।
देवाही गोनाही ७ करुनियाको वडाध्यक्ष नुरुल्लाहसँग कमिसन बापतको नगद २ लाख पचास हजार र सोही बराबरको चेक गरी ५ लाख लिँदै गर्दा मेयर पटेल सहित चार जना पक्राउ परेको स्रोतले जनाएको छ ।
मेयर पटेल सँगै योजना शाखा प्रमुख, लेखा शाखा प्रमुख र मेयरको पिए गरी चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि काठमाडौँ तर्फ लगेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण