विवाहको ३० वर्षपछि भएको थियो पुटिनको ‘डिभोर्स’, रहस्यले भरिएको छ व्यक्तिगत जीवन
रुसका राष्ट्रपति भ्लादिमीर पुटिन प्रायः कुनै–कुनै कारणले चर्चामा आइरहन्छन् । कहिले विलासी जीवनशैलीका कारण त कहिले अनौठो सोखका कारण चर्चामा आउँछन् अनि कहिले भने उनी आफ्नो महलको कारण बाहिर आउँछन् । पुटिनको राजनीतिक जीवनको बारेमा त धेरैलाई थाहा नै छ तर उनको व्यक्तिगत जीवन भने रहस्यले भरिएको छ । उनी पारिवारिक कुराहरु भने गोप्य राख्ने गर्छन् ।
केही समयअगाडि रुसी राष्ट्रपति पुटिनले कोरोना भाइरसको समयमा आफ्नी छोरीलाई पनि खोप लगाएका थिए । यसबाहेक कुनै पनि समयमा पुटिनले छोरीको विषयमा उल्लेख गर्दैनन् । उनका जम्मा २ जना छोरी भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । उनको परिवार सार्वजनिक हुनबाट जोगिन्छन् ।
पुटिनकी पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको छ । उनले यो विषयको जानकारी भने आफैले टेलिभिजनलाई दिएका थिए । उनकी पूर्वपत्नीको नाम ल्यूडमिला हो । दि विकका अनुसार ल्यूडमिला विवाहअगाडि प्लाइट अटेन्डेन्टको काम गर्ने गर्थिन् । त्यो समयमा यो जागिरलाई राम्रो जागिरको रुपमा लिइन्थ्यो । सन् १९८० को दशकमा पुटिनसँग उनको भेट थियटरमा भएको थियो । उनीहरु त्यहाँबाट नै साथी बने ।
एक अन्तर्राष्ट्रिय पत्रिकाका अनुसार सन् १९८३ को जुलाई २८ मा उनीहरु दुईको तस्बिर बाहिरिएको थियो । पुटिनले विवाहको लगभग ३० वर्षपछि अर्थात सन् २०१३ मा श्रीमतीसँग डिभोर्स गरेको घोषणा गरे । तर, उनीहरुको विवाह कहिले भएको थियो रहस्यमा नै छ ।
बिजनेसइनसाइडरका अनुसार पुटिनका दुई छोरीहरु छन् । एउटाको नाम मारिया भोरोन्सोवा र अर्कोको नाम कतेरिना तिखोनोवा हो । रिपोर्टका अनुसार मारिया सन् १९८५ मा जन्मिएकी हुन् भने तिखोनोवा सन् १९८६ मा जन्मिएकी हुन् । सन् १९९६ मा पुटिनको परिवार मस्को गएको थियो । त्यहाँ नै दुवै छोरीहरुलाई जर्मन भाषाको स्कुलमा भर्ना गरियो । तर, पुटिन राष्ट्रपति बनेपछि उनीहरुको नाम परिवर्तन गरिएको थियो । उनीहरुको नाम परिवर्तन गरेर फेक आइडी बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने
-
अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो
-
निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्याउने चेम्बरको रणनीतिक योजना
-
‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एक जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवा गठनसम्बन्धी विधेयक पेश