विश्वमै सबैभन्दा छिटो चार्ज हुने चार्जर लन्च
रियलमीले मोबाइल वल्र्ड कांग्रेस २०२२ मा रियलमी १५० बाट अल्ट्राडार्ट चार्जिङ प्रविधि प्रस्तुत गरेको छ । रियलमीले यस उत्सवमा रियलमी जीटी २ प्रस्तुत गरेको छ । यो उत्सवमा रियलमीले रियलमी जीटी नियो ३ को लन्चिङको घोषणा गरेको छ । १५० वाटको चार्जिङलाई लिएर रियलमीले ५ मिनेटमै फोनको ब्याट्री ५० प्रतिशतसम्म चार्ज हुने दाबी गरेको छ । यो चार्जरमा तीन प्रविधिको प्रयोग भएको छ, जसमा मल्टी बुस्टर चार्जिङपम्प, ट्रेम्परेचर म्यानेजमेन्ट एल्गोरिद्यम र नयाँ लिथियम ब्याट्री समावेश छन् ।
आफ्नो यो चार्जरलाई लिएर रियलमीले ब्याट्रीको तापक्रमलाई ४३ डिग्री भन्दा कम राख्दै केवल ५ मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज हुने दाबी गरेको छ । रियलमीको यो अल्ट्राडार्टको चार्जिङलाई लिएर १०० देखि २०० बाट चार्जिङ पावरलाई सपोर्ट गर्ने विश्वकै पहिलो यस किसिमको चार्जिङ प्रविधि भएको दाबी गरिएको छ ।
रियलमीले आफ्नो यस चार्जिङ प्रविधिको नमुना एमडब्लूसी २०२२ मा प्रदर्शन गरेको थियो । यद्यपि कम्पनीले रियलमी जीटी नियो–३ १५० वाटको चार्जिङका साथ उपलव्धताको बारेमा कुनै जानकारी दिएको छैन । वन प्लसले यो वर्षको अन्त्यसम्ममा १५० वाटको चार्जिङसाथै आफ्नो फोन लन्च गर्ने अपेक्षा गरिएको छ ।
रियलमीको यो प्रतिस्पर्धा शाओमी ११ आई हाइपर चार्ज फाइभ–जीसँग हुनेछ । जसको साथमा १२० वाटको तीव्र चार्जिङको सपोर्ट हुने छ । शाओमीका यो चार्जरबाट केवल १७ मिनेटमा ब्याट्री फुल हुने दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण