आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलले ल्यायो अल टाइम डाटा प्याक, बढ्यो ननस्टप यूट्युब डाटा प्याकको भोलुम

मङ्गलबार, १७ फागुन २०७८, १२ : ४२
मङ्गलबार, १७ फागुन २०७८

एनसेलले नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । साथै, सुलभ दरमा डाटा पुर्याउने उद्वेश्यले ननस्टप यूट्युब अफर अन्तर्गतको एक अलटाइम डाटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । 

नयाँ अल टाइम डाटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डाटा ग्राहकले करसहित मात्र १२५ रुपैयाँमा सुचारु गर्न सकिन्छ । त्यस्तै, ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र  १४७ रुपैयाँमा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डाटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डाटा र यूट्युबमाननस्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मुल्यमा २ जीबी अल टाइम डाटा पाउँदै आएका थिए । अब यो भोलुम बढेर ४ जीबी भएको छ ।

 यी प्याकहरु मंगलबार (फागुन १७) बाट सञ्चालनमा ल्याइएका हुन् । ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डाटा प्याक सुचारु गर्न सकिन्छ । त्यस्तै ग्राहकले ननस्टप​ यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डाटा र ५०० एमबी भाइबर म्यासेजिङ् डाटा बण्डल पनि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सकिन्छ । ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ । 

डाटा प्याक अन्तर्गत नयाँ अल टाइम डाटा प्याक र ननस्टप युट्युब प्याकमा पुरानै मुल्यमा दोब्बर अल टाइम डाटा सहित भाइबर म्यासेजिङ्का लागि छुट्टै डाटाले ग्राहकलाई थप मुल्य प्रदान गर्दै कुनैपनि समय सम्पर्कमा रहि रहन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप