एनसेलले ल्यायो अल टाइम डाटा प्याक, बढ्यो ननस्टप यूट्युब डाटा प्याकको भोलुम
एनसेलले नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । साथै, सुलभ दरमा डाटा पुर्याउने उद्वेश्यले ननस्टप यूट्युब अफर अन्तर्गतको एक अलटाइम डाटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।
नयाँ अल टाइम डाटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डाटा ग्राहकले करसहित मात्र १२५ रुपैयाँमा सुचारु गर्न सकिन्छ । त्यस्तै, ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र १४७ रुपैयाँमा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डाटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डाटा र यूट्युबमाननस्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मुल्यमा २ जीबी अल टाइम डाटा पाउँदै आएका थिए । अब यो भोलुम बढेर ४ जीबी भएको छ ।
यी प्याकहरु मंगलबार (फागुन १७) बाट सञ्चालनमा ल्याइएका हुन् । ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डाटा प्याक सुचारु गर्न सकिन्छ । त्यस्तै ग्राहकले ननस्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डाटा र ५०० एमबी भाइबर म्यासेजिङ् डाटा बण्डल पनि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सकिन्छ । ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ ।
डाटा प्याक अन्तर्गत नयाँ अल टाइम डाटा प्याक र ननस्टप युट्युब प्याकमा पुरानै मुल्यमा दोब्बर अल टाइम डाटा सहित भाइबर म्यासेजिङ्का लागि छुट्टै डाटाले ग्राहकलाई थप मुल्य प्रदान गर्दै कुनैपनि समय सम्पर्कमा रहि रहन मद्दत गर्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण