एनआरएनएमा थप विवाद चर्कियो
गैरआवासीय नेपाली संघमा (एनआरएनए) को पछिल्लो निर्णयले संस्थाभित्र थप विवाद चर्किएको छ । असन्तुष्ट समूहको विरोधका बीच बुधबार बसेको केन्द्रीय समिति (आईसीसी) को बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज निर्णय गरेको छ ।
यस्तै ५ दिनभित्र प्रतिनिधि शुल्क नबुझाएमा अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुको आबद्धता खारेज गरी तदर्थ कार्य समिति बनाउने जस्ता निर्णय पनि बैठकले गरेको एक पदाधिकारीले बताए ।
प्रतिनिधि विवादका कारण गत अक्टोबर २०२१ मा हुनु पर्ने गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशन हुन नसकेकाले विवाद समाधान गरी दशौँ महाधिवेशन सम्पन्न गर्ने म्यान्डेटका साथ आइसीसीको ८१ औं बैठकले संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । घलेले बुधबार मात्रै आफ्नो प्रतिवेदन समितिलाई बुझाएका थिए।
संघको विधान २००३ (संशोधनसहित २०२१ अनुसार) आइसीसीले संरक्षक परिषदलाई विघटन गर्न नमिल्ने बताइएको छ । नयाँ आइसीसी गठन भएपछि मात्रै संरक्षक परिषद पनि नयाँ गठन हुने व्यवस्था छ। तर एकलौटी रुपमा संरक्षक परिषद तथा उच्चस्तरीय समिति विघटन गर्ने निर्णय भएपछि विवाद थप चर्किएको हो । अध्यक्षका उम्मेदवार कुल आचार्यलगायतका असन्तुष्ट समूहले यसको विरोध गरेका छन् ।
संघभित्र कुमार पन्त नेतृत्वको संस्थापन र आचार्य पक्षबीच विवाद रहँदै आएको छ । सो विवादका बीच चुनावी प्रक्रियामा सरकारी हस्तक्षेप समेत हुँदा संघको महाधिवेशन सर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण