पासपोर्ट र टिकट बिना १८ वर्षीय किशोर विमानमा पुगेको बारे छानविन समितीले बुझायो प्रतिवेदन
पासपोर्ट र टिकट बिना १८ वर्षका किशोर उड्न लागेको जहाँज भित्र पुगेको घटना छानविन गर्न गठित छानविन समितीले प्रतिवेदन बुझाएको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई नेतृत्वको समितीले आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको विमानमा फागुन ९ मा रौतहट घर भएका १८ वर्षीय हस्पम आलम पुगेका थिए । कतार उड्ने टिकट र भिसा लागेको पासपोर्ट बिना उनि राति १० बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा छिरेका हुन् ।
सो घटना छानविन गर्न गृह मन्त्रालयले फागुन १३ मा समिती गठन गरेको थियो । समितिमा महासेनानी अनुप अधिकारी, प्रहरीका एसपी बेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विष्णमणि आचार्य, हवाई सुरक्षा निर्देशक बासुदेव भट्टराई, नेपाल वायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य थिए ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताए । विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको उल्लेख गर्दै खाणले भने–‘सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ ।’समितिका संयोजक तथा अध्यागमन विभागका महानिर्देशक भट्टराईले प्रहरी प्रतिवेदन, अभियुक्तलाई विमानस्थलमै पु¥याएर लिएको जानकारी तथा सिसिटिभी फुटेजका आधारमा प्रतिवेदन तयार गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण